काठमाडौं,२२ भदौ । नेपालमा मंगलबार थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जना र ३ हजार ९२३ जनाकाे एन्टिजेन परीक्षण गर्दा २५४ जना गरी १ हजार ६७७ जनाा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना कोरोना संक्रमीत निकाे भएका छन् भने २१ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ३१ हजार जना काेराेना संक्रमित निकाे भएका छन् भने १० हजार ८७९ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण ?
स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६४, मोरङमा १६१, सुनसरीमा १४९, झापामा १२४, कास्कीमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा ८९, भक्तपुरमा ६६, चितवन र नुवाकोटमा ३८/३८ जना, रुपन्देहीमा ३४, सुर्खेतमा ३१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दिया र कैलालीमा १४/१४ जना, नवलपरासी पुर्व र दाङमा १३/१३ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





