बुटवल,२१ भदौ । नेपाली कांग्रेस पुर्वखाेला गाउपालिकाका छ वटै वडामा निर्विरोध नेतृत्व चयन भएको छ ।
पुर्वखाेला गाउँपालिका वडा नं २ काे सभापतिमा रनबहादुर रखाल निर्विराेध निर्वाचित भएका छन् ।
वडा समितिकाे उपाध्यक्षमा हेमलाल भट्टराई र सीता देवकोटा,सचिवमा कपिल देवकोटा,काेषाध्यक्षमा प्रेम प्रकाश पाण्डे र सदस्यमा तुल्सि प्रसाद देवकोटा र उमानसि राना चयन भएका छन् ।
निवर्तमान वडा सभापति अनिरूद्र खनालको सभापतितब र पुर्व पार्टी सभापति कमलराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेमोक्रेटिक लयर्स एशाेसियसन पाल्पाका अध्यक्ष शिव प्रसाद देवकोटा,नेपाल शिक्षक संघ पुर्वखाेला गाउपालिका अध्यक्ष रमेश न्याैपाने,निर्वाचन प्रतिनिधि दिपक न्याैपाने,निवर्तमान वडा समिति सह सचिव सुरेश देवकोटा लगायत आ आफ्नो भनाइ राखेका थिए ।