बुटवल,२० भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १०१ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका ७/७ जना, तिलोत्तमा नगरपालिकामा ४ जना,सैनामैना नगरपालिकामा ३ जना र देवदह नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३० हजार ६९१ पुगेको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा हालसम्म २९ हजार ८१७ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हालसम्म ५३० जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३४७ रहेको छ ।