काठमाण्डौ,२० भदौ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेबाट छुट्टिएका नेताहरुलाई मान्यता नदिन सर्वाेच्चमा दायर गरेको रिटउपर आज सुनुवाई हुँदैछ ।

गत १६ साउनमा निर्वाचन आयोग,प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा समाजवादीका १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा वारेसमार्फत दायर रिटको प्रधान्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै इजलाशमा राखेर सुनुवाई गर्न लागेका हुन् ।

ओलीले दायर गरेको रिट १ नम्बर पूर्ण इजलाशको नवौं नम्बरमा सुनुवाईका लागि पेसी चढेको छ ।

ओलीले दायर गर्नुभएको रिटमा तत्कालीन एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गर्ने निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि प्रदेश सभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नगरेकोमा उत्प्रेषण वा परमादेश माग गरिएको छ ।

रिटको सुनुवाईका लागि अस्ति शुक्रबार पेशी तोकिएर पनि हेर्न नभ्याइएका कारण आजका लागि पेशी सरेको थियो । शुक्रवार ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेशी तोकिएर बेन्च बस्न नभ्याएको कारण आजका लागि पेशी सरेको हो ।

विद्युत प्राधिकरणबाट हटेका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई कूलमान घिसिङ्गको नियुक्तिविरुध्द दायर गरेको रिटको सुनु्वाई पनि आजै हुँदैछ ।

यता,विद्युत प्राधिकरणबाट हटेका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटको सुनु्वाई पनि आजै हुँदैछ । सो रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नै इजलाशमा राख्नुभएको छ । हितेन्द्रको रिट पूर्ण इजलाशको चौथो नम्बरमा पेशी चढेको छ ।