बुटवल,१९ भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १०२ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना, तिलोत्तमा नगरपालिकामा १५ जना,सैनामैना नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना र देवदह नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३० हजार ६६८ पुगेको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा हालसम्म २९ हजार ७६४ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५३० जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ रहेको छ ।





