काठमाडौं,१९ भदौ ।

नेपालमा शनिबार थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनाकाे कोरोना परीक्षण गर्दा १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै,पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना कोरोना संक्रमित निकाे भएका छन्

नेपालमा हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुने कोराेना संक्रमितको संख्या १० हजार ८१८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित ३१ हजार ८२६ रहेकाे छ ।