काठमाण्डौ,१९ भदौ ।
रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु गर्न यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।
विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ ।
लाइसेन्सका लागि आवेदन दिएका आवेदकको लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने विभागले जनाएको छ ।
हाल देशभरबाट ६ लाख जनाले लाइसेन्सको लागि आवेदन दिएका छन् । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने विभागले जनाएको छ ।






