वुटवल,१९ भदौ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ३ बरबोटमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका ९ का सन्जय विक रहेका छन् ।
काठमाडौबाट अर्घाखाँची जादै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ५ जना घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते २ जना सहित अन्य घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएकाे इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी रहेको छ । हाईस सडकवाट १ सय मिटर तल खसेकाे छ । गाडीमा चालक र सहचालक सहित १३ जना यात्रु सवार रहेको वताईएकाे छ ।






