कपिलवस्तु,१८ भदौ ।
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्वीक स्थान सगरहवा अतिक्रमण सम्बन्धमा अध्ययन गर्न लुम्बिनी विकास कोषले उप–सािथि गठन गरेको छ ।

नेपाल सरकार एवम् लुम्बिनी विकास कोषको नाममा रहेका जग्गाहरु विगत वर्षदेखि नै अतिक्रमण गरी बसोवास गरी रहेको र उक्त क्षेत्रमा रहेका प्राचीन पुरातात्वीक सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले उप समिति गठन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्राचीन संग्रहवा क्षेत्रमा अतिक्रमण गरी बसोवास गरेका नागरिकहरुलाई स्थानान्तरण गर्न उक्त क्षेत्रमा के कति संख्यामा परिवार, कस्ता प्रकारका घरहरु निर्माण भएका छन्, कोषले उक्त जमिन फिर्ता लिन के कस्ता कानुनी आधारहरु अपनाउनु पर्दछ, नागरिकहरुलाई त्यहाँबाट स्थानान्तरण गर्दा कोषले के कति आर्थिक दायित्व व्यहोर्नु पर्दछ लगायतका विषयमा अध्ययन गरी उप समितिले कोषसमक्ष प्रतिवेदन पेश गर्ने छ ।

कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठित ७ सदस्यीय उपसमितिमा लुम्बिनी विकाष कोषका प्रशासकीय अधिकृत ज्ञानिन राई,कोषका सुचना अधिकृत राजन बस्नेत सहित हिमाल कुमार उप्रेती, माधव आचार्य, कृष्ण विक र चन्द्र प्रकाश पाठक रहेका छन् ।

कोषका कार्यकारिणी सदस्य एवम् उप–समिति संयोजक ज्ञवालीले आफूले पाएको जिम्मेबारी गहनतापूर्वक पुरा गर्ने प्रतिवद्धता जनाए ।

उनले सत्य तथ्य पत्ता लगाई १ महिनाभित्र कोषलाई यथार्थ प्रतिवेदन बुझाउने बताए । ज्ञवाली लामो समयदेखि लुम्बिनी विकाष कोषमा विभिन्न समितिमा रही महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् ।