बुटवल,१८ भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६ जना, सैनामैना नगरपालिकामा ११ जना, तिलोत्तमा नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिकाका २ जना, देवदह नगरपालिका,मायादेवी गाउपालिका र सियारी गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३० हजार ६२२ पुगेको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्लामा हालसम्म २९ हजार ७२७ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा हालसम्म ५३० जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५ रहेको छ ।