काठमाडौं,१८ भदौ ।
नेपालमा शुक्रबार थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७७३ पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जना गरी १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २७४ जना कोरोना संक्रमित निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै १० वर्ष मुनिका ३३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४६७, ललितपुरमा १२९, कास्कीमा १०४ र मोरङमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ७१, झापामा ४१, जुम्लामा ३८, सुनसरीमा ३५, चितवनमा ३२, मकवानपुरमा ३१, कैलालीमा २९, रुपन्देहीमा २७, बर्दियामा १८, दाङमा १६, नवलपरासी पुर्वमा १३, इलाम र नुवाकोटमा १२÷१२ जना तथा बागलुङमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।