दाङ,१८ भदौ । करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-१० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगी रहेका छन् ।

आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।