बुटवल,१७ भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १०५ जनाको कोरोना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, सैनामैना नगरपालिकामा ७ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३० हजार ५८६ पुगेको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा हालसम्म २९ हजार ६८१ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५२९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७६ रहेको छ ।





