अर्घाखाँची,१६ भदौ । अर्घाखाँचीकाे अडगुरीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरी बस्ने जीवलाल सुनारकी ९ वर्षकी छोरी झरना रहेकी छन् ।
लगातारको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए ।
पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।






