काठमाडौं,१५ भदौ । नेपालमा मंगलबार थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ११७ पीसीआर परीक्षण गर्दा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षण गर्दा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घणमा १७८६ जना काेराेना संक्रमित निकाे भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख १६ हजार ३०६ जना काेराेना संक्रमित निकाे भएका छन् भने १० हजार ७५० जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेकाे छ । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।