बुटवल,१५ भदौ ।
लगातारकाे बर्षाका कारण रुपन्देहीको गैडहवातालका ३० लाख रुपैया बराबरका माछा बगाएको छ ।
तालमा बाढी पसेर ओभरफ्लो भई बाढीसंगै माछा बगाउदा ३० लाख रुपैया भन्दा बढी नोक्सान भएको माछा ब्यबसायी शैलेन्द्र कुमार पासवानले जानकारी दिए ।

बाढीले १ किलो देखि ३ किलो सम्मका हजारौं माछा बगाएको माछा ब्यबसायी पासवानले बताए ।
तालको उत्तर तर्फबाट आएको नहर र पश्चिम तर्फको कंक्रित पिलर सहितको तारजाली बगाएका कारण पनि ताल भित्र रहेका माछाहरु बगेको र बगेका केही माछा स्थानियहरुले बोरामा लगेको उनलेे बताए ।
भदौ महिनाको अन्तिमतिर माछा निकाली बजारमा लैजाने तयारी भइरहेको बेला आएको बाढीले माछा बगाउदा कम्तीमा ३० देखि ३५ लाख रुपैया बराबरको नोक्सान ब्यहोर्नु परेकाे गैडहवा तालका ठेकेदार तथा माछा ब्यबसायी शैलेन्द्र कुमार पासवानकाे दुखेसो छ ।
बाढीले बगाएको माछा मार्न स्थानियहरु गैडहवाताल वरीपरी छपक्कै भरिएका थिए ।