बुटवल,१४ भदौ ।
रुपन्देही जिल्लामा सोमबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०५ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १३ जना, तिलोत्तमा नगरपालिकाका ४ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ३–३ जना, देवदह नगरपालिकाका २ जना तथा कञ्चन गाउँपालिका र शुद्धोदन गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ५२ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५२७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ ।