काठमाडौं,१४ भदौ ।
नेपालमा सोमबार थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ८९२ पीसीआर परीक्षण गर्दा १ हजार ९०२ जना र ४ हजार ३४१ एन्टिजेन परीक्षण गर्दा ३९३ जना गरी २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ठ लाख ६१ हजार १२४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ कोरोना भाइरस संक्रमित निको भएका छन् भने १६ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख १४ हजार ५२० जना संक्रमित निको भएका छन् भने १० हजार ७३० जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेको छ । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





