काठमाडौं,१४ भदौ । आज पनि देशका अधिकांश ठाउँमा बर्षा भएको छ । ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन भने अब क्रमशः कमजोर हुँदै जाने भएको छ ।

पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए