काठमाडौ,१३ भदौ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
दलको नेता चयन भएसँगै नेता नेपालले अब दलको प्रमुख सचेतक र सचेतक तोक्ने उनलेे बताइन् ।
नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
३० सांसद रहेकाे नेता नेपाल नेतृत्वको पार्टी छिट्टै सरकारमा सहभागी हुने तयारीमा छ ।






