काठमाडौ,१३ भदौ ।
अविरल वर्षाको कारण काठमाडौकाे थानकोट नजिकै गएको पहिरोले राजधानी काठमाडौं उपत्यका छिर्ने मुख्य नाका अवरुद्ध भएको छ ।
नागढुंगा नौबिसे खण्डको झ्याप्ले खोला नजिकै गएको पहिरोका कारण ९ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार पानी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको छ । आज दिउँसोसम्ममा पहिरो पन्छाएर सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।