पाल्पा,१३ भदौ
पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ ।
अबिरल बर्षाका कारण गयराती करिब साढे २ बजे घर भत्किदा १० बर्षिय नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुतीरहेको बेला घर भत्किएर गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






