पाल्पा,१३ भदौ ।
अबिरल बर्षाको कारण ठाउँ ठाउँमा पहिरो जादा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छन ।

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा–बुटवल सडक खण्डमा पर्ने पाल्पाको सिद्दबाबा,सिसुवा,हिँउदेखोला,केराबारी,जोरधारा,तानसेन नगरपालिका ७ बर्तुङ,सिद्धार्थ राजमार्गकै बर्तुङ–राम्दी सडक खण्डमा पर्ने पाल्पाको बगनासकाली गाउँपालिका ३ धैरेनी,सेरामा,रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरोका कारण राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै तानसेन–रिडी सडक–खण्ड अन्तरगत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

अबिरल बर्षाका बाबजुद सडक खुलाउने प्रयास जारी रहेको सूचना अधिकारी त्वातीले बताए ।