काठमाडौँ,१२ भदौ । नेपालमा शनिबार थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षण गर्दा
३४१ जना गरि १ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १७६ परीक्षणमा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना काेराेना संक्रमित निकाे भएका छन् । हालसम्म नेपालमा ७ लाख १० हजार ४५२ जना काेराेना संक्रमित निकाे भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितकाे मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।