बुटवल,१२ भदौ ।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले रूपन्देहीको कञ्चनका बाढी पिडितहरूलाई राहत बितरण गरेको छ ।
जिल्लाकाे कञ्चन ३,४,५ तथा १ र २ का अति उच्च जोखिममा परेका घरपरिवारलाई तत्काल आपतकालिन राहत स्वरुप कम्मल,लत्ता कपडा र खाध्य सामग्री बितरण गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका कोषाध्यक्ष शसिधर सापकोटाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोगमा शुक्रवार कञ्चन ३,४ र ५ का बाढी पिडितहरुलाई उक्त राहत सामग्री बितरण गरिएको हो ।
बाँकी उच्च जोखिममा रहेका पिडितहरुलाई शनिवार घटनास्थलमै गई राहत बितरण गरिने रेडक्रस कञ्चन उपशाखाले जनाएको छ।
जहाँ बिपत त्यहाँ रेडक्रस भन्ने भनाईलाई ब्यबहारमा लागु गर्न शुक्रवार नै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको समन्वय तथा सहयोगमा कञ्चनका बाढी पिडितहरुलाई राहतको बितरण गरिएको रेडक्रस कञ्चन उपशाखाका उप सभापति गंगालाल पौडेलले बताए ।
राहता सामग्री बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका पदाधिकारीहरुको सहभागित रहेको थियो ।






