बुटवल,११ भदौ ।
बुटवलका १९ सहित शुक्रबार रुपन्देहीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १४६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १९ जना, तिलोत्तमा नगरपालिकामा १५ जना, सैनमैना नगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र सियारी गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लामा ५२६ जनाको कोरोना संक्रमितको मृत्यु भएकोे छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।