काठमाण्डौ,११ भदौ ।
नेपालमा शुक्रबार थप २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनाको परीक्षण गर्दा २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमित निको भएका छन् भने २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ८ हजार २३० जना संक्रमित निको भएका छन भने १० हजार ६६३ संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।