बुटवल,११ भदौ ।
अबिरल वर्षाका कारण प्रभावितहरुको उद्धार र सहयोगमा जुट्न नेपाली कांग्रेस रुपन्देहीले आफ्ना कार्यकर्ता र सरकारी निकायलाइ आग्रह गरेको छ ।
लगातारको बर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक नोक्सानी पुर्याएको भन्दै कांग्रेसले डुबानमा परेकाहरुको उद्धार गर्न गरी उनिहरुलाई आवस्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्ता तथा सम्बन्धित सरकारी निकायहरुलाई आग्रह गरेको हो ।
त्यस्तो डुबान प्रभाबितहरुलाइ उद्दार र सहयोग गर्नु मानबिय दायित्व समेत भएकाले कार्यकर्ताहरुलाइ आ–आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले जानकरी दिए ।
साथै बर्षा र बाढी प्रभाबितहरुलाइ उद्दार गरि सहयोग गर्न कांग्रेसले केन्द्र, प्रदेश र स्थानिय सरकारसंगपनि आग्रह गरेको छ ।






