पाल्पा,११ भदौ । पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
पाल्पाको रम्भा गाउँपालिका–३ पिपलडाँडास्थित सीता पहाडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
अविरल वर्षासँगै झरेको पहिरोले शुक्रबार बिहान साढे ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको राम्दी प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले जानकारी दिए
त्यस्तै पाल्पाकै बगनासकाली गाउँपालिका–४ जल्लवीरेमा गएको पहिराले पनि राजमार्ग अवरुद्ध छ। सीता पहाडमा अहिले पनि ढुंगा खसिरहेको उनले बताए।
राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् । राजमार्ग कतिबेला सुचारू हुन्छ भन्नेबारे अहिले केही भन्न नसकिने प्रसनि घर्तीले बताए।





