बुटवल,१० भदौ ।
तिलोत्तमा नगरपालिकाका १७ सहित रुपन्देहीमा बिहीबार थप ५३ कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १७८ जनाको कोरोना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकाका १७ जना,बुटवल उपमहानगरपालिकाका १६ जना,सैनामैना नगरपालिकाका ८ जना, सुद्धारेधन गाउपालिकाका ४ जना, कञ्चन गाउपालिका,ओमसतिया गाउँपालिका र सियारी गाउपालिकाका २÷२ जना तथा सिद्धार्थनगर नगरपालिका र गैडहवाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५२६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४१६ रहेको छ ।