काठमाण्डाै,१० भदौ । आज लुम्बिनी सहित गण्डकी, वाग्मती, प्रदेश-१ र प्रदेश-२ का केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज राति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

अबको केही दिन लुम्बिनी प्रदेश सहित सुदूरपश्चिम,कर्णाली प्रदेश, प्रदेश-१, प्रदेश-२ का केही ठाउँमा पनि धेरै वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन् ।