बुटवल,१० भदौ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकिकृत समाजवादी) लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ ।
माधव कुमार नेपाल नेतृत्वको दललाई आयोग कार्यालयका सचिव सुरेश अधिकारीले प्रमाणपत्र दिएका हुन ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूकाे सनाखत पश्चात् आयाेगले बुधबार बेलुका दल दर्ताकाे प्रमाणपत्र दिएको हो ।
आयोगले दलको मान्यता दिए संगै अब नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । १६६ नम्बरमा दर्ता भएको दलको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा रहने जनाइएको छ ।





