बुटवल,८ भदौ ।
बुटवलका १५ सहित रुपन्देहीमा मंगलबार थप ३८ कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १७० जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५ जना,सैनामैना नगरपालिकाका १० जना, तिलोत्तमा नगरपालिकामा ६ जना, देवदह नगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिका,कञ्चन गाउपालिका र ओमसतिया गाउँपालिका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५२५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०३ रहेको छ ।