काठमाडौं,९ भदौ ।
नेपालमा बुधबार थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षण गर्दा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७८१ जना संक्रमित निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ३ हजार ९६४ जना संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेको छ । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सबैभन्दा धेरै काठमाडौंमा ५१५, झापामा १७९, भक्तपुरमा १४२, कास्कीमा १३१, चितवनमा १०८ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ८८, बागलुङमा ४८, रुपन्देहीमा ३९, नवलपरासी पूर्वमा ३२, मकवानपुरमा ३०, काभ्रेपलाञ्चोकमा २९ र नुवाकोटमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोलखा र गुल्मीमा १७÷१७ जना, सुर्खेतमा १६, धनकुटा र धादिङमा १३÷१३ जना, तनहुँ र दैलेखमा १२÷१२ जना तथा पाल्पा र कञ्चनपुरमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।