काठमाडौं,९ भदौ ।
प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल दलबलसहित निर्वाचन आयोग पुगेका छन् ।

नयाँ पार्टी सनाखत गर्न उनी चन्द्रागिरिबाट आफ्नो समूहका सांसद, केन्दीय सदस्य तथा नेताहरुसँग सीधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ ।

यसैबीच प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु दल दर्ता सनाखत गर्नका लागि निर्वाचन आयोगमा पुगेका छन् । बुधबार पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु आयोग पुगेका हुन् ।

अध्यक्ष महतोले आफूहरुसँग १५ जना संघीय सांसद रहेको बताएका छन् । पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने उनले जानकारी दिए ।

माधवकमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई आज सनाखत गरी आजै पार्टी दर्ताको प्रमाण पत्र दिने आयोगको तयारी छ ।

आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपाल र ठाकुरले छुट्टा छुट्टै पार्टी दर्ता गर्न निवेदन दिएका थिए ।