काठमाण्डाै,९ भदौ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
मनसुनी न्यूनचापीय रेखाको प्रभाव अझै केही दिन रहने भएकाले अबको ३/४ दिन नै पानी पर्ने अनुमान गरिएको छ ।

आज लुम्बिनी, सुदूरपश्चिम प्रदेश,वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद् बासीले बताइन् । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उनकाे भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । बर्षाका कारण बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।