नेपालगन्ज,९ भदौ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १ जना र दाङका १ जना रहेका छन् ।

कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार भाद्र ५ गते भेरी अस्पताल भर्ना भएका राप्ती गाँउपालिका ३ दाङका ८४ वर्षिय पुरुषको मंगलबार राती ९ बजे मृत्यु भएको हो । त्यस्तै साउन २९ गते भेरी अस्ताल भर्ना भएका राप्ती सोनारी गाँउपालिका ३ बाँकेका ४३ वर्षिय पुरुषको मंगलबार राती ९ः३० बजे मृत्यु भएको हो ।

हालसम्म बाँकेका ३२८ जना काेराेना संक्रमितको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आएर मृत्यु हुनेको संख्या ३९७ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।