बुटवल,८ भदौ ।
बुटवलका २३ सहित रुपन्देहीमा मंगलबार थप ४६ कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १५५ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २३ जना, तिलोत्तमा नगरपालिकामा १७ जना, सैनामैना नगरपालिकामा ४ जना र ओमसतिया गाउँपालिका २ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३८२ रहेको छ ।







