८ भदौ, काठमाडौं ।
नेपालमा मंगलबार थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९०९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षण गर्दा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख २ हजार १८३ जना कोरोना संक्रमित निको भएका छन् भने १० हजार ५६८ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५१८, झापामा १९६, कास्कीमा १६३, मोरङमा १५०, ललितपुरमा ११९ र काभ्रेपलाञ्चोकमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा ९६, बागलुङमा ७४, भक्तपुरमा ५२, रुपन्देहीमा ४९, मकवानपुरमा ३९, कैलालीमा ३७, सिन्धुपाल्चोकमा ३३, तनहुँमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
नुवाकोट र पर्वतमा २८÷२८ जना, चितवन र गोरखामा २१÷२१ जना, नवलपरासीमा २०, बाँकेमा १९, स्याङजा र दाङमा १८÷१८ जना, धनकुटामा १५, इलाममा १३, रामेछाप र बर्दियामा १२÷१२ जना र लमजुङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







