बुटवल,८ भदौ।

नेकपा माओवादी केन्द्रकाे कारबाहीमा परि प्रदेशसभा सदस्य पद गुमाएका लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा लागेका कारण माओवादी केन्द्रकाे कारबाहीमा परि प्रदेश सभा सदस्य न्याैपाने र पन्थीले आफुहरू माओवादी केन्द्रमै रहेको भन्दै प्रदेश सभा सदस्यमा पुनर्वहालीकाे माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
स्वयक्षाले माओवादी केन्द्र परित्याग गरि एमालेमा लागेको बताएका उनिहरू पार्टी छाडेको लामो समयपछि आफुहरू माओवादी केन्द्रमै रहेको भन्दै प्रदेश सभा सदस्यमा पुनर्वहालीका लागि अन्तरिम आदेशको माग गर्दै अदालत गएका थिए ।