बुटवल,८ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।
प्युठानका सुवेदीले सोमबार साझ छ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका हुन । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकि हुन ।
सुवेदी सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा वकालत गर्दै आएका थिए । सुवेदीको शपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मन्त्रीहरू प्रदेशसभा सदस्यहरु प्रहरी सेना तथा मन्त्रालय तथा कार्यालयका सचिव तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वकाे सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजिनामा दिएपछि उक्त पद रिक्त थियो।






