बुटवल,७ भदौ ।
बुटवलका ११ सहित रुपन्देहीमा सोमबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १०९ जनाको कोरोना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका ११ जना,सैनामैना नगरपालिकामा ६ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९१ रहेको छन्।