बुटवल,७ भदौ । लु्म्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनतालाई निराश बनाउने खालका कुनै काम नगर्ने बताएका छन् ।
प्रदेश सभाबाट विश्वासको मत पाएसँगै साेमबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री केसीले जनजीविका र जनताको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता दिने बताए ।
३ वर्षे गठबन्धन सरकार अनुभवकै आधारमा सरकार सञ्चालन गर्ने प्रतिक्रिया दिदै केसीले आत्मनिर्भर लुम्बिनीवासी बनाउने कार्यमा आफुहरु तल्लीन हुने विश्वास व्यक्त गरे ।
उनले गठबन्धनले दुख कष्टकका साथमा केन्द्र देखी प्रदेशसम्म राजनीतिको नेतृत्व गरेको उल्लेख गर्दै संविधान र संघियता कार्यान्यवन, लोकतन्त्र रक्षाको लागि महतवपूर्ण भुमीका निर्वाह गर्ने बताए । एमालेको लगातार बिरोधको सन्दर्भमा उनले गठबन्धनका दलहरु प्रतिपक्षमा बसेपनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गरेका छन् । उनले संविधान एवं संसदीय प्रणाली अनुसार चल्न सुझाब दिँदै आवेगात्मक नहुन सुझाब दिए।
मुख्यमन्त्री केसीले प्रदेश सभाबाट आजै विश्वासको मत प्राप्त गरेका हुन् ।
८० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका थिए ।
प्रतिपक्ष दल एमालेका प्रदेश सभा सदस्यहरू अनुपस्थित रहेकोले विश्वासको विपक्षमा कुनै पनि मत खसेन ।
केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका थिए ।






