काठमाडौं,७ भदौ ।
नेपालमा सोमबार थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गर्दा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार ४४३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९२४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ७ लाख ९७ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ९३.५ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ५३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमितहरूमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन भने ३ हजार २१९ संस्थागत आइसोलेसनमा ररहेका छन् ।
जसमध्ये ६७९ जना अस्पतलाको आइसियूमा र १७६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
हाल देशभर ३९३ जना क्वारेन्टिनमा रहेका छन् ।







