बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत प्राप्त गरेका छन् ।

आज दिउँसो ३.३० बजे बसेकाे प्रदेश सभाकाे नवाै अधिवेशनकाे चाैथाे बैठकबाट मुख्यमन्त्री केसीले विश्वासको मत लिएका हुन् ।
८० सदस्सिय प्रदेश सभामा मुख्यमन्त्री केसीकाे पक्षमा ४२ मत प्राप्त गरे भने विपक्षमा एक मत पनि परेन ।
बैठकमा उपस्थित ४३ जना (सभामुख बाहेक ) मध्ये एक जना तटस्थ रहे भने ४२ जनाले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।
विपक्षी नेकपा एमाले भने मतदानमा सहभागी भएनन् ।