बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो ३.३० बजे बस्ने प्रदेश सभाकाे नवाै अधिवेशनकाे चाैथाे बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमालेले भने प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।