बुटवल,७ भदौ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले अर्को दलको सदस्यलाई कारवाही गर भनेर संसद अबरुद्ध गर्नु कुन सदीय मूल्य मान्यता हो भनी प्रश्न गरेका छन् ।
प्रदेश सभा सदस्य अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै बिपक्षी दल नेकपा एमालेले प्रदेश सभा बैठक अबरुद्ध गरपछि माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले उक्त प्रश्न गरेका हुन् ।
एमालेकाे अबरोध जारी रहेका बेला प्रदेश सभा वैठकमा बाेल्दै उनलेे एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ कि मिल्दैन भनी प्रश्न गर्दै घर्तीले भने ‘यदि कारवाहीे गर्न मिल्ने नै हो भने हामीले पनि कुनै अर्को दलको सदस्यलाई कारवाही गर्दछौँ, अनि यसरी सूचना टाँस भएन भने हामीले पनि सदन अवरुद्ध गर्दछौँ ।’

साथै घर्तीले सांसद बिमला कुमारी वली आफ्नो पार्टीको संसदीय दलको सदस्य भएको बताए ।