बुटवल,७ भदौ । नेकपा एमालेकाे अबरोधका कारण लुम्बिनी प्रदेश सभाकाे बैठक स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले राेष्ट्रम घेराउ गर्दै नारावाजी गरेपकाछि सभामुख पुर्ण बहादुर घर्तीले आधाघण्टाका लाग बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभा सदस्य अजय शाही र बिमला कुमारी वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेश सभा बैठक अबरुद्ध गर्दै आएको छ ।
प्रदेश सभा सचिवालयले भने उनिहरूलाई पदमुक्त गर्ने कानुनी आधार नभएको जनाएको छ ।






