बुटवल,७ भदौ । नेकपा एमालेकाे अबरोधकाबीच लुम्बिनी प्रदेश सभाकाे बैठक सुरु भएको छ ।
प्रदेशसभा सदस्य अजय शाही र बिमला कुमारी वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेश सभा बैठक अबरुद्ध गरेको हो ।
अहिले एमाले प्रदेश सभा सदस्यहरूले राेष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेका छन् ।
प्रदेश सभा सचिवालयले भने उनिहरूलाई पदमुक्त गर्ने कानुनी आधार नभएको जनाएको छ ।






