बुटवल,७ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अजय शाही र बिमला कुमारी वली खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने सभामुखलाई जनाउ दिएको छ ।
प्रदेशसभामा विपक्षी दल एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेतृत्वको टोलीले प्रदेश सभा बैठक सुरु हुनुअघि सभामुख पूर्ण बहादुर घर्तीलाई उक्त जनाउ दिएका हुन् । पत्रमा सभामुखले पटक पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संबिधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने जनाइएको छ ।
नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।






